नक्सलबारीमा स्वास्थ्य केन्द्रको शिलान्यास

नक्सलबारी (निसं): सिलगढी महकुमा परिषद अन्तर्गत तीन वटा ब्लकमा 9 वटा स्वास्थ्य केन्द्र बनाइने छ। आज सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोषले नक्सलबारी ब्लकमा नयाँ 4 वटा स्वास्थ्य केन्द्रहरूको शिलान्यास गरे। जसमध्ये नक्सलबारी कमलाजोत इलाकामा 27 लाख रूपियाँको लागतमा बनिने स्वास्थ्य केन्द्रको शिलान्यास पनि गरे। यस अवसरमा सभाधिपति अरुण घोषले भने, यो स्वास्थ्य केन्द्रले अस्पतालको दबाउलाई कम्ती गर्नमा सहयोग गर्नेछ साथै यहाँ मानिसहरूलाई चिकित्सा सेवाहरू पनि प्रदान गरिने छ। मोठ 20 वटा स्वास्थ्य केन्द्र शुरू गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *