नक्सलबारीमा स्वयंसेवी संस्थाद्वारा कोरोना संक्रमणबारे जागरूक अभियान

नक्सलबारी: वी केयर फाउन्डेसन नामक स्वयंसेवी संस्थाको तर्फबाट आज नक्सलबारी हाटमा आएका मानिसहरूलाई कोरोना संक्रमण विषयमा जागरूक गराउँदै तिनीहरूलाई अनिवार्य रूपमा मास्क लगाउनु पर्ने साथै सामजिक दुरीलाई पालन गरिदिने अपिल गरे। आज बिहान नक्सलबारी बस स्ट्यान्ड ईलाकाका मानिसहरू लगायत व्यवसायी तथा सब्जी बिक्रेताहरूलाई मास्क वितरण गरियो। यस अवधि नक्सलबारी व्यवसायी समिति, नक्सलबारी अस्पतालका चिकित्सकहरू एवम् नक्सलबारी पुलिसका अधिकारीहरू पनि उपस्थित थिए। वी केयर फाउन्डेसन संस्थाका सदस्यहरूले बताए अनुसार आगामी दिनहरूमा पनि यस प्रकारको कार्यक्रमको आयोजना गरिने छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *