नक्सलबारीमा ट्रेनले धक्का दिँदा एकजना व्याक्तिको मृत्यु

नक्सलबारी:  नक्सलबारीमा ट्रेनले धक्का दिँदा एकजना व्यक्तिको मृत्यु भएको छ।  मृतक ओमप्रकाश उरांवको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज नक्सलबारीको अटलस्थित चेङ्गा नदी संलग्न रेलवे लाइनमा ओमप्रकाश उरांव गाई चराउन गएका थिए। उक्त समयमा नै सिलगढीबाट कटिहार तर्फ गइरहेको ट्रेनको धक्का लागेर तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाउन साथ रेलवे पुलिस अनि नक्सलबारी पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइएको छ। उक्त घटना पछि इलाकामा शोकको लहर छाएको छ।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *