नक्सलबारीमा तृणमूल कङ्ग्रेसको सम्मेलन

नक्सलबारी: नक्सलबारी ब्लक 2 नम्बर तृणमूल कङ्ग्रेसको सम्मेलन आयोजना गरियो। नक्सलबारी ब्लक कम्युनिटी हलमा आयोजित सम्मेलनमा आज पार्टीको जिल्ला सभानेत्री पापिया घोष, युवा अध्यक्ष कुन्तल राय, आईएनटीटीयुसी जिल्ला अध्यक्ष निर्जल देमहिला सभानेत्री ज्योति तिर्की, किसान खेत मजदुर अध्यक्ष अमर सिन्हा, सिलगढी नगर निगम अध्यक्ष प्रतुल चक्रवर्ती, पृथ्वीश राय, आइनुल हक, अरुण घोष लगायत अन्य उपस्थित थिए। जिल्ला सभानेत्री पापिया घोषले सम्मेलनमा बुथका सबै नेता अनि कार्यकर्ताहरूलाई पार्टीको लागि काम गर्ने अपिल गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *