नक्सलबारीमा तृणमूल कङ्ग्रेसको चुनावी सभा

नक्सलबारी : विधानसभा चुनाउलाई केन्द्र गरेर आज नक्सलबारीमा तृणमूल कङ्ग्रेस पार्टीको तर्फबाट चुनावी सभाको आयोजना गरियो। उक्त बैठकमा आउँदो विधानसभा चुनाउ प्रचारसित सम्बन्धित विभिन्न रणनीतिहरूबारे चर्चा-परिचर्चा गरियो। यस अवसरमा मतिगढा-नक्सलबारी आसनका तृणमूल कङ्ग्रेस प्रार्थी क्यापटन नलिनी रञ्जन राय, जिल्लाध्यक्ष रञ्जन सरकार, जिल्ला उपाध्यक्ष अमर सिन्हा, प्रखण्ड अध्यक्ष पृथविस राय, युवा प्रखण्ड अध्यक्ष अरुण घोष लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए। सभामा उपाध्यक्ष अमर सिन्हाले यहाँको पार्टी कार्यालयमा आज एउटा बैठक गरेर आगामी विधानसभा चुनाउलाई लिएर विभिन्न विषयमा विचार विमर्श गरेको बताए। 2021-को विधानसभा चुनाउमा तृणमूल कङ्ग्रेसको जीत निश्चित रहेको तिनले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *