नक्सलबारीमा तृणमूल महिला बुथ कमिटी गठन

नक्सलबारी : नक्सलबारी अञ्चल अन्तर्गत पर्ने सतभैयामा तृणमूल कांग्रेसको महिला बुथ कमिटी गठन गरियो। तृणमूल पार्टीलाई अझ बलियो बनाउने उद्देश्य लिएर हिजो सतभैयाको बुथ संख्या 25/80-मा महिला बुथ कमिटीको गठन गरिएको बुथ अध्यक्ष वीरेन सरकारले बताए। यस अवसरमा खण्ड तृणमूल कांग्रेस पार्टी अध्यक्ष पृथिवीस राय, अञ्चल अध्यक्ष अरुण घोष, बुथ अध्यक्ष वीरेन सरकारलगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *