सिलगढी : युनाइटेड ट्रेड युनियन कङ्ग्रेसले आज नक्सलबारीमा जिल्ला सम्मेलनको आयोजना गर्यो। नक्सलबारीको पानीघाटा मोडमा आज जिल्ला सम्मेलनको आयोजना गरियो। उक्त सम्मेलनमा जिल्लाको विभिन्न प्रान्तबाट सदस्यहरूले अंश ग्रहण गरे। यस विषयमा संगठनका राज्य सचिव दीपक साहाले भने, केन्द्र र राज्य सरकार दुवैले श्रम उद्योग र देशलाई निजीकरणको बाटोमा अघि बढाइरहेको छ। कोरोनाकालदेखि हालसम्म 15 करोड श्रमिक बेरोजगार भएका छन्। नयाँ श्रम कानुनले श्रमिकहरूको अधिकार हनन गरेर कर्पोरेटलाई सुम्पिएको छ। रेलवे, बीमा, ब्याङ्कलाई निजीकरण गरिएको छ। यो सरकारले फासीवादी दृष्टिकोण अप्नाउन खोजेकोले यसै विरुद्ध आफूहरूको लडाइँ हो।