नक्सलबारी मेरिभ्यू चियाकमानको नालीबाट व्यक्तिको शव उद्धार

नक्सलबारी: नक्सलबारी मेरिभ्यू चियाकमानको नालीबाट एकजना व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्तिको नाम सुबल उराव बताइएको छ। तिनी नक्सलबारीको किरणचन्द्र चियाकमान निवासी हुन्। प्राप्त जानकारी अनुसार चियाश्रमिकहरूले आज साँझ चियापत्ती टिपिरहेको समय नालीमा शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार लगभग 3 दिन अघि उक्त व्यक्तिको मृत्यु भएको हो। पुलिसले भोलि शुक्रबार शव पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनेछ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *