नक्सलबारी नाबालिका दुष्कर्म तथा हत्याकाण्डको पीडित परिवारसित भेट गर्यो राज्य महिला कमिशनले

नक्सलबारी : नक्सलबारी रथखोलाको नाबालिकासित दुष्कर्म गरेपछि हत्या गरेर एउटा बोरामा हालेर फ्याँकेको अवस्थामा शव उद्धार भएको थियो। उक्त घटनाका पीडित परिवारसित आज राज्य महिला कमिशनका चेयरपर्सन लिना गङ्गोपाध्यायले भेट गरिन्। प्राप्त जानकारीअनुसार महिला कमिशनका दुईजना सदस्यले हिजो नाबालिकाको परिवारसित भेट गरे। यस अवसरमा दार्जिलिङ जिल्ला हेड फोरमका सभापति अमित सरकार, जिल्ला पुलिसका ग्रामीण डीएसपी अचिन्त्य गुप्ता, नक्सलबारी पुलिस तथा स्थानीय मानिसहरू उपस्थित थिए। महिला कमिशनका सदस्यहरूले घटनास्थलको पनि निरीक्षण गरे। यस विषयमा महिला कमिशनका चेयरपर्सन लिना गङ्गोपाध्यायले नाबालिकाको परिवारसित भेट गरेर कुराकानी गरेको बताइन्। पीडित परिवारले उचित न्याय पाओस् भन्ने आफूहरूद्वारा प्रयास गर्नको साथै आरोपीहरूलाई कठोर सजाय गरिनुपर्ने आफूहरूको माग रहेको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *