नक्सलबारी नाबालिका हत्याकाण्ड : पीडित परिवारलाई भेटे नक्सलबारी सीपीएमका प्रतिनिधिहरूले

नक्सलबारी : नक्सबारीमा भएको नाबालिकाको हत्याकाण्डका पीडित परिवारको सहयोगको लागि नक्सलबारी सीपीएम एरिया कमिटी अघि आएको छ। सीपीएम एरिया कमिटीका सदस्यहरूले आज पीडित परिवारका सदस्यहरूसित भेट गरेर शोक समवेदना प्रकट गर्दै घटनाको आरोपीलाई पक्राउ गरेर कठोर सजाय दिइनुपर्ने माग पनि गरे। यस विषयमा जिल्ला सीपीएम सदस्य गौतम घोषले भने, उक्त घटना अति नै निन्दनीय रहेको छ। नक्सलबारीमा एउटी नाबालिकासित दुष्कर्म गरेपछि तिनको हत्या गरेर एउटा बोरामा हालेर फ्याँकिदिएको थियो। घटनाको आरोपीले कठोर सजाय दिइनुपर्ने आफूहरूको माग रहेको तिनले बताए। यसैगरी, सीपीएम एरिया कमिटीका सचिव विकास चक्रवर्ती र महिला समितिका बेबी राय लगायत अन्यले पनि आरोपीलाई पक्राउ गरेर कठोर सजाय दिइनुपर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.