नक्सलबारी नन्दलाल गाउँका 70 विपन्न परिवारलाई खाद्यान्न सामग्री प्रदान

मिरिक: मानव सेवा नै माधव सेवा हो। मानव मानवको निम्ति काम लाग्नु पर्छ भन्ने उद्देश्य राखेर आज अन्तर्राष्ट्रिय मानव अधिकार परिषद दार्जीलिङ जिल्ला बोर्डका अध्यक्ष कृष्ण छेत्री, सचिव- हेमन्ता काफ्ले अनि कोषाध्यक्ष अमृत योन्जनको विशेष पहलमा तराईको नक्सलबारी क्षेत्रको देउमुनि बिकास नगर नन्दलाल गाउँका 70 जना विपन्न परिवारहरुलाई आवश्यक खाद्यान्न सामग्री प्रदान गरियो। परिषदको कोर कमिटीको निजी पहलमा खाद्यान्नको व्यवस्था गरिए पछि सेवाको भावना राखेर उक्त गाउँका नागरिकहरुलाई कोर कमिटीका पदाधिकारीहरुको बिशेष उपस्थितिमा सामग्री वितरण गरिएको अध्यक्ष कृष्ण छेत्रीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *