नक्सलबारी नन्दा प्रसाद उच्च माध्यमिक विद्यालयमा अन्तर विद्यालय ब्लक युवा संसद प्रतियोगिताको आयोजना

नक्सलबारी : विद्यार्थीहरूलाई संसदीय लोकतन्त्रबारे जागरूकता गराउने उद्देश्य लिएर पश्चिम बंगाल सरकारको पहलमा नक्सलबारी नन्दा प्रसाद उच्च माध्यमिक विद्यालयमा अन्तर विद्यालय ब्लक युवा संसद प्रतियोगिता 2022- को आयोजना गरियो। युवा संसद प्रतियोगितामा नक्सलबारी ब्लकको 7 वटा स्कुलहरू क्रमैले नक्सलबारी नन्दा प्रसाद माध्यमिक विद्यालय, रानीडाङ्गा कलाराम हाई स्कुल, बाघडुग्रा चित्तरञ्जन हाई स्कुल, बाघडुग्रा बालिका विद्यालय, बेलगाछी हाई स्कुल, बाघडुग्रा शुभमाया सूर्यनारायण हाई स्कुल, हाथीघिसा हाई स्कुलले अंश ग्रहण गर्यो। उक्त प्रतियोगितामा मुख्य अतिथिको रूपमा प्राथमिक शिक्षा संसदका चेयरम्यान दिलीप कुमार रायनक्सलबारीका बीडीओ अरिन्दम मण्डल, स्कुलका पूर्व प्रधानाध्यापक पारितोष चकलादार, प्रतियोगिता पर्यवेक्षक रुद्र सान्याल सहित अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *