नक्सलबारी पुलिसद्वारा आवश्यकमन्द मानिसहरूलाई खाद्य सामाग्री वितरण

नक्सलबारी: कोरोना महामारीको संकट अवस्थामा नक्सलबारी थाना पुलिसले मानिसहरूलाई विभिन्न प्रकारले सहयोग पुऱ्याउँदै आइरहेको छ। यसैक्रममा आज नक्सलबारी थाना पुलिसद्वारा  आवश्यकमन्द मानिसहरूलाई खाद्य सामाग्रीहरू वितरण गरियो। नक्सलबारी थाना ओसी इफ्तेखार उल हसनले बताए अनुसार कोरोना महामारीले गर्दा लकडाउन भएपछि कतिपय आवश्यकमन्द मानिसहरूलाई खाद्यको समस्या भइरहेको छ। यसैलाई ध्यानमा राखेर आवश्यकमन्द मानिसहरूलाई चिन्हित गरेर नक्सलबारी थानाले खाद्य सामाग्रीहरू प्रदान गरिने कार्य गरिरहेको छ। अर्कोतिर, पुलिसको यस प्रकारको कार्यलाई मानिसहरूले सराहनीय कदम रहेको बताउँदै प्रशंसा गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *