नक्सलबारी रकमजोतमा क्रसर प्लान्ट सिल गर्नको साथै मालिक पक्राउ

नक्सलबारी : नक्सलबारी मनिरामजोत इलाकाको रकमजोतमा प्रशासनले क्रसर मसिन सिल गरिदिएको छ। स्मरण रहोस, यसभन्दा अघि पनि गत अगस्त 2020 मा अवैध रूपमा क्रसर मसिन चलाएको आरोपमा रकमजोतको क्रसर प्लान्ट प्रशासनले सिल गरिदिएको थियो। तथापि, प्रशासनको आँखा छलेर उक्त क्रसर मसिन चलाइरहेको थियो। यसबारे गोप्य सूचना पाएर हिजो जिल्ला भूमि तथा भूमि संस्कार विभाग, अतिरिक्त जिल्लाशासक, महकुमाशासक, ब्लक समष्टि विकास अधिकारीदेखि लिएर नक्सलबारी पुलिस तथा भूमि संस्कार विभागका अधिकारीहरूले संयुक्त रूपमा रकमजोतको क्रसर प्लान्टमा अभियान चलाएर फेरि क्रसर मसिन सिल गरिदिएको बताइएको छ। यसको साथै घटनास्थलबाट एउटा डम्पर, तीनवटा ट्र्याक्टर, एउटा जेसीबी, एउटा चारचक्के वाहन लगायत 4 लाख 68 हजार 703 सीएफटी गिटी, रोडा-ढुङ्गा आदि जफत गरेको छ भने घटनामा क्रसरका मालिक सर्वजीत सिंहलाई पनि पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *