नक्सलबारी रथखोलामा सडक दुर्घटनामा युवकको मृत्यु

नक्सलबारी: नक्सलबारी नजिक रथखोलामा गत राति भएको सडक दुर्घटनामा परेर एकजना बाइकमा सवार 22 वर्षीय युवकको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार बाइकमा सवार भएर गइरहेको समय विपरीत दिशाबाट आइरहेको एउटा ट्रकले धक्का दिँदा गत राति हात्तीघिसाको बराजहारूजोत निवासी दिवस रोयको मृत्यु भएको छ। उक्त दुर्घटनामा तिनको बाइक पनि क्षतिग्रस्त बन्न पुगेको छ। घटनाको खबर पाएर नक्सलबारी पुलिस घटनास्थलमा पुगेर शव उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *