नक्सलबारी रेड भोलेन्टियर्स-द्वारा विभिन्न ठाउँहरूमा सेनिटाइज

नक्सलबारी : नक्सलबारी रेड भोलेन्टियर्सको तर्फबाट आज नक्सलबारीको विभिन्न ठाउँहरूमा सेनिटाइज गर्नको साथै मानिसहरूलाई कोरोनाबारे जागरूक पनि गराइयो। नक्सलबारी रेड भोलेन्टियर्सका संयोजक कौशिक आचार्यले बताएअनुसार कोरोना संक्रमणलाई ध्यानमा राखेर यहाँको कोटिया जोत, तालटोला लगायत अन्य इलाकाको मोठ 10 घरहरूमा सेनिटाइज गरियो


यसको साथै स्थानीय मानिसहरूलाई कोरोनाबारे जागरूक गराउँदै अनिवार्य रूपमा मास्क प्रोयग गर्ने तथा साफ सफाईमा विशेष ध्यान राख्ने अपील पनि गरेको तिनले बातए। कोरोना संक्रमणलाई ध्यानमा राखेर रेड भोलेन्टियर्सले लगातार जनहितमा कार्य गरिरहेको छ। रेड भोलेन्टियर्सद्वारा इलाकामा सेनिटाइज गर्नको साथै कोरोना संक्रमित परिवारहरूलाई खाद्य सामग्रीहरू वितरण गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *