नक्सलबारी शिवाजी सङ्घको खुट्टी पुजासहित दुर्गोत्सवको तयारी 

नक्सलबारी (निसं): नक्सलबारीको शिवाजी सङ्घले खुट्टी पुजाको माध्यमद्वारा दुर्गोत्सवको तयारी शुरू गरेको छ। क्लबका सदस्यहरूले आज बुधवार क्लब परिसरमा खुट्टी पुजाको आयोजना गऱ्यो। यस पल्ट  नक्सलबारीको शिवाजी सङ्घको पुजा  51औ वर्षमा प्रवेश गरेको छ।  यस वर्ष शिवाजी सङ्घको पुजा थीम मौमाछी देशरहेको छ। यसको साथै क्लबले लाइटिङ अनि कुमार टोलीका मूर्तीहरूको सजावटले दर्शकहरूलाई आकर्षित गरिने भएको छ। पुजा कमिटीका अध्यक्ष विद्युत दासले भने, पञ्चमीको दिन पुजाको उद्घाटन गरिने छ।  पुजामा रक्तदान शिविर साथै सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने छ। शिवाजी सङ्घको दुर्गा पुजाको पण्डालले यसपल्ट केवल नक्सलबारी मात्र नभएर खोरीबारी, बाघडुग्रा, मतिगढा अनि सिलगढीका दर्शकहरूलाई पनि आकर्षित पार्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *