नक्सलबारी श्री रामकृष्ण आश्रमद्वारा लुगाफाटा साथै भोजन वितरण

नक्सलबारी:  नक्सलबारी श्री रामकृष्ण आश्रमको तर्फबाट प्रत्येक महिनाको प्रथम सप्ताहमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने गरिन्छ। यसै अन्तर्गत नक्सलबाड़ी श्री रामकृष्ण आश्रममा एउटा कार्यक्रमबीच लुगाफाटा वितरण तथा नारायण सेवाको आयोजना गरियो।  कार्यक्रममा अटाराखोई बरामोहनसिंहजोत वेदान्ता श्री रामकृष्ण आश्रमका अमितनन्दा महाराज, नक्सलबारी थाना ओसी सुजीत दास, रमेश चन्द्र विश्वास, नक्सलबारी श्री राम कृष्ण आश्रमका उपाध्यक्ष नरेन्द्र प्रसाद, समाजसेवी विजय अग्रवालसहित अन्य मानिसहरू उपस्थित थिए। सो कार्यक्रममा 400 वटा च्यादर, 70 वटा साड़ी आवश्यकमन्द मानिसहरूलाई वितरित गरिनको साथै तिनीहरूलाई खाना पनि वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *