नक्सलबारी तोतारामजोतको एउटा बिहे घरमा आगलागी

नक्सलबारी : नक्सलबारीको तोताराम जोतमा बिहे घरमा ग्यास सिलेन्डर लिक भएर आगलागी हुँदा कुनै ठुलो दुर्घटना हुनबाट जोगियो। प्राप्त जानकारीअनुसार आज बिहान नक्सलबारीको तोतारामजोतमा एउटा बिहे घरमा ग्यास सिलेन्डर लिक भएर आगलागी हुँदा पन्डालको केही अंश जलेको बताइएको छ। घटनाको खबर पाएर नक्सलबारी अग्निशमन विभागको एउटा इञ्जिन, नक्सलबारी पुलिस तथा विद्युत विभागका कर्मचारीहरू घटनास्थलमा पुगे। दमकल कर्मीहरूको सहयोगमा केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याएकोले कुनै ठुलो दुर्घटना हुनबाट जोगिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *