नक्सलबारी युथको तर्फबाट 15 दिने नक आउट फुटबल टुर्नामेन्टको आयोजना

नक्सलबारी : नक्सलबारी युथको परिचालनामा यहाँको निखिल स्मृति मैदानमा 15 दिने नक आउट फुटबल टुर्नामेन्ट आजदेखि शुरू भएको छ। टुर्नामेन्टको आज पहिलो दिन एमएमएफसी निरपानिया बनाम हरिषचन्द्रपुर गरगराई आदिवासी क्लबमाझ भीडन्त भयो। हरिषचन्द्रपुर गरगराई आदिवासी क्लबलाई 2-0 गोल पराजित गरेर एमएमएफसी निरपानिया विजय बन्यो। 15 दिने उक्त फुटबल टुर्नामेन्टमा ईस्ट बेङ्गल जुनियर, दार्जिलिङ पुलिस, असम, नेपाल, सिक्किम लगायत राज्यका विभिन्न ठाउँका टोलीले अंश ग्रहण गरेका छन्। भोलिको म्याचममा दार्जिलिङ पुलिस बनाम डीपीएसए अलिपुरद्वारमाझ भीडन्त हुनेछ। टुर्नामेन्टको उद्घाटन कार्यक्रममा जिल्ला तृणमूल सभानेत्री पापिया घोष, काउन्सिलर कुन्तल राय, ग्रामीण डीएसपी अचिन्त्य गुप्त, सीआई सुदीप्त सरकार लगायत नक्सलबारी युथका सदस्यहरू उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *