नयाँ वर्षदेखि सिलगढी सहरमा टीन नम्बर नभएको टोटो चल्न नपाउने

सिलगढी : नयाँ वर्षको शुरूदेखि नै टीन नम्बर नभएको टोटोहरूलाई सिलगढीको मुख्य सडकहरूमा यातायात गर्न प्रतिबन्ध लगाइने भएको छ। टिन नम्बर र स्थायी नम्बर भएको टोटोहरू मात्र सिलगढीको हिलकार्ट रोड, विधान रोड, सेभोक रोड लगायत विभिन्न मुख्य सड़कहरू भएर यातायात गर्न पाउने बताइएको छ। गत केही महिनादेखि सिलगढीको सडकहरूमा स्थायी नम्बर भएको टोटोलगायत टिन नम्बर नभएको टोटोहरू चलिरहेकोले ट्राफिकको समस्या बढ़िरहेको छ। यसैले गर्दा नयाँ पुलिस कमिश्नर डीपी सिंहले यसबारे चर्चा गरेपछि आगामी 1 जनवरीदेखि टिन नम्बर नभएको टोटोहरू सिलगढीको मुख्य सड़कहरूमा यातायात गरे ट्राफिक पुलिसले यसविरुद्ध उचित कार्वाही गर्ने निर्देश दिएको पुलिस सूत्रमार्फत् थाहा लागेको छ। राष्ट्रिय र राजकीय सड़कहरूमा सबै टोटोहरूको यातायातमा प्रतिबन्ध लगाइएको छ। आज सिलगढीको मैनाक टुरिस्ट लजमा राज्यका पर्यटन मन्त्री गौतम देवले जिल्लाशासक शशांक सेठीसित एउटा बैठक गरे। उक्त बैठकमा ट्राफिक जामको समस्याबारे चर्चा-परिचर्चा गरियो। आउँदो महीनामा परिवहन विभागबाहेक पुलिससित पनि यस विषयमा चर्चा गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *