नयाँ वर्षको आगमनसँगै कठ्याङ्ग्रिने जाँडो

राजगञ्ज (निसं): नयाँ वर्षको शुरुआत अत्याधिक ठण्डाको साथमा भएको छ। उत्तर बंगालको विभिन्न जिल्लामा हाल कठ्याङ्ग्रिने जाँडो बढेको छ। आज बिहानैदेखि घना कुइरो लागेको देखियो। घना कुइरोले गर्दा वाहन चालकहरूले समस्याको सामना गर्न परिरहेको छ। कुइरोले गर्दा लरी, ट्रक तथा बाइक चालकहरूले लाइट जलाएर चलाचल गरिरहेको छ। कठ्याङ्ग्रिने जाँडोबाट बाँच्नका लागि मानिसहरूले आगो तापिरहेको देखियो। कुइरोले गर्दा बिहानैदेखि सूर्य देवको दर्शन नभए तापनि दिन छिप्पिदै जाँदा सूर्यको दर्शन भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *