नयाँ वर्षको अवसरमा तीनधारेमा साङ्गीतिक कार्यक्रम

खरसाङ : तीनधारेको सत्र माइलमा नयाँ वर्षको अवसरमा साङ्गीतिक कार्यक्रमको आयोजना गरियो। जीटीए चेयरम्यान अनित थापाको आर्थिक सहयोग र स्थानीय युवाहरूको सक्रियतामा हिजो वर्ष 2020 –लाई विदा दिँदै नव वर्ष 2021-लाई स्वागत जनाउन साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको जानकारी प्राप्त भएको छ। तीनधारे सत्र माइल क्षेत्रका युवाहरूद्वारा गठित नयाँ म्युजिकल ब्याण्ड राग द नेक्स्ट जेनेरेशन-ले साङ्गीतिक प्रस्तुति दिए। अनिल ब्राह्मणले सञ्चालन गरेको साङ्गीतिक कार्यक्रममा उमेश सुनारले स्वागत सम्भाषण राखेका थिए भने अनिरुद्ध गजमेर, प्रयास गजमेर, मोहम्मद नियाज, बार्बी सुनाम, उत्सव विश्वकर्मा, रोहित गजमेर साङ्गीतिक कार्यक्रममा वाद्य वादनमा रहेका थिए। यसैगरी कार्यक्रममा दिवस रिजाल, राहुल शर्मा, प्रशान्त कार्की, नरसंग लामा र अन्यले पनि गीतहरू प्रस्तुत गरे। उक्त कार्यक्रममा गीतकार सुकुमार बराईली, म्युजिक तीनधारेका सङ्गीतकार यादव गजमेर, रबीन गजमेर, भुपेन गजमेर, युवराज सुन्दास विशेष रूपमा उपस्थित थिए। उक्त साङ्गीतिक कार्यक्रममा सहयोग गरिदिने जीटीए चेयरम्यान अनित थापा, तीनधारे पुलिस आउटपोष्ट युवा मोर्चाका साजन दर्जी, युवा ज्योति संघ 17 माइल, म्युजिक तीनधारे, ज्ञानबहादुर गजमेर लगायत सम्पूर्ण ग्रामवासीहरूप्रति आभार प्रकट गरियो। कार्यक्रममा दिवाकर प्रधानको नृत्य टोलीले हिन्दी नेपाली नृत्यहरू प्रस्तुत गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *