नयाँ वर्षको पहिलो दिन सिलगढी पार्कमा मानिसहरूको भीड

सिलगढी : नयाँ वर्षको पहिलो दिन आज डाबग्रामस्थित सिलगढी पार्कमा घुम्न आउने मानिसहरूको निक्कै भीड देखियो। आज साँझदेखि नै यहाँ घुम्न आउने मानिसहरूको लामो लाइन देखियो भने केही मानिसहरू आफ्ना नानीहरूसित उक्त पार्कमा घुम्न आएका थिए। नयाँ वर्षलाई स्वागत जनाउन उक्त पार्कलाई विविध बिजुली बत्तीहरूद्वारा सजाइएको थियो। यसको साथै साँझको समय नानीहरूको लागि क्विज प्रतियोगिताको पनि  आयोजना गरेको थियो। वनकर्मीहरूको तर्फबाट प्रतियोगितामा विजयी हुने प्रतियोगीहरूलाई पुरस्कार प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *