नयाँ वर्षको पहिलो दिन कुचबिहारको मदनमोहन मन्दिरमा भक्तजनको भीड

कुचबिहार : नयाँ वर्ष 2022-को पहिलो दिन आज बिहानैदेखि विभिन्न मन्दिरहरूमा पुजा गर्न आउने भक्तजनहरूको निक्कै भीड देखियो। यसै क्रममा कुचबिहारको मदनमोहन मन्दिरमा पनि आज बिहान धेरै संख्यामा मानिसहरू पुजा गर्न आएका थिए। नयाँ वर्षमा सुख-शान्ति, सुस्वास्थ्य तथा मङ्गलमयको कामना गर्दै मानिसहरूले मन्दिरमा पुजा अर्चना गरे। कुचबिहारको पर्यटन केन्द्रहरूमध्ये मदनमोहन मन्दिर पनि एक प्रमुख आकर्षणको केन्द्र रहेकोले यहाँ धेरै संख्याहरूमा पर्यटकहरू आउने गर्छन् भने आज वर्षको पहिलो दिन अझ धेरै संख्यामा पर्यटकहरू लगायत स्थानीय भक्तजनहरूको भीड देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *