नयाँ वर्षको उपहार स्वरूप महानन्दा अभ्यारण्यमा पर्यटकहरूको लागि स्पेशल ट्रिप शुरू

सिलगढी : महानन्दा अभ्यारण्यमा नव वर्षभन्दा अगावै पर्यटकहरूको लागि उपहार स्वरूप एउटा स्पेशल ट्रिप-को शुरूआत गरिएको छ। यो स्पेशल ट्रिप 25 दिसम्बरदेखि शुरू भएको छ भने आगामी 1 जनवरीसम्म चल्नेछ। 25 दिसम्बर क्रिसमसको दिनदेखि महानन्दा सफारीमा शुरू गरिएको यो स्पेशल ट्रिप-को पहिलो दिन पर्यटकहरूको निक्कै भीड देखियो। अधिक भीडको कारण धेरैजना पर्यटकहरू महानन्दा सफारीको दर्शन नगरी फर्किएको बताइएको छ। यसैले गर्दा अफलाइन सँगसँगै पर्यटकहरूले अनलाइनको माध्यमद्वारा 3 सय रुपियाँमा टिकट बुकिङ गर्ने सफारी महानन्दा वाइल्ड लाइफ सेन्चुरियनको तर्फबाट पर्यटकहरूलाई अपील गरेको छ। उक्त अभ्यारणमा एउटै बस चल्ने गर्दछ भने यसमा एकपल्टमा 13 जना पर्यटकहरू सवार भएर साँझको समय महानन्दा अभ्यारण्यको दृश्यहरूको आनन्द लिन सक्नेछ। उल्लेखनीय छ, गत 27 नोभेम्बरमा महानन्दा वाइल्ड लाइफ सेन्चुरियनमा महानन्दा सफारीको शुरूआत गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *