नयाँ वर्षको उपलक्ष्यमा तराई मर्निङ फुटबल क्लबमा पुजा-अर्चना

सिलगढी : राज्यभरिमै पहिला बैशाख अर्थात् बङ्गाली नयाँ वर्ष धुमधामको साथमा मनाइरहेको छ। आज बिहानैदेखि मानिसहरूले सिलगढी सहरको विभिन्न मन्दिरमा गएर पुजा-अर्चना गरेको देखियो। यसको साथै सिलगढीका विभिन्न व्यवसायी संस्थानहरूमा पनि नयाँ वर्षको अवसरमा पुजापाठ गरिरहेको देखियो।


यसै क्रममा तराई मर्निङ फुटबल क्लबका सदस्यहरूले पनि खेलाड़ीहरूको सुस्वास्थ्य कामना गर्दै पुजा अर्चना गर्नको साथै क्लबका खेलाड़ीहरूलाई पुरस्कार र जर्सी पनि प्रदान गरे। आयोजकको तर्फबाट दिउँसोको भोजनको पनि व्यवस्था गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *