नयाँ वर्षको उत्सव जागरूकताको साथमा मनाउने कोभिड केयर नेटवर्क-को अपील

सिलगढी : आवश्यक सुरक्षा तथा जागरूकताको साथमा नयाँ वर्ष मनाउने कोभिड केयर नेटवर्कले सबै मानिसहरूसित अपील गरेको छ। अबको केही घण्टापछि नै नयाँ वर्ष शुरू हुनेछ। सिलगढी सहरका मानिसहरूले आ-आफ्नो ढङ्गमा नयाँ वर्षलाई स्वागत जनाउन पूर्ण रूपमा तयारी गरिसकेको छ। नृत्य तथा गीत सङ्गीतको माध्यमद्वारा खुशी मनाउँदै मानिसहरूले पुरानो वर्षलाई विदा गरेर नयाँ वर्षलाई स्वागत गर्ने गर्दछन्। तथापि, 2020-मा कोरोना महामारीले गर्दा मानिसहरूले सामान्य रूपमा सबै पर्वहरू पालन गर्न बाध्य बन्यो। कोभिड केयर नेटवर्क अन्तर्गत रहेका सबै अर्गनाइजेशनका सदस्यहरूले 2020-को चाँड-पर्वहरूझैँ आज 31 दिसम्बरमा पनि अधिक भीडभाड नगरेर सामान्य रूपमा कार्यक्रमको आयोजना गर्ने सिलगढी सहरवासीहरूलाई अपील गरेको छ। डा. कल्याण खानले बताएअनुसार यस अवधि यदि आवश्यक प्रतिबन्धलाई पालन नगरे 2021-मा कोरोनाको स्थिति अझ भयानक हुनसक्ने साथै स्वास्थ्य व्यवस्थामा पनि यसको नराम्रो प्रभाव पर्न सक्नेछ। यसैले कोभिड केयर नेटवर्कले सहरवासीहरूलाई भीडभाड नगरी साधारण रूपमा नयाँ वर्ष मनाउने अपील गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *