नयाँ वर्षलाई स्वागत गर्न मेगीटारमा सांस्कृतिक कार्यक्रम गरिने

बिजनबारी: गाउँले पर्यटनलाई प्रोत्साहन गर्दै देशी-विदेश पर्यटकहरुलाई गाउँसम्म भित्र्याएर मेगीटार’-को नाम पर्यटनको मानचित्रमा हाल्ने तथा स्थानीय कलाकारहरुलाई उचित मञ्च दिने प्रमुख उद्देश्यको साथमा दार्जिलिङ जिल्लाको प्रमुख पर्यटक स्थलहरुमा पर्ने बिजनबारीको मेगीटारमा आउँदो नयाँ वर्ष 2022 लाई केन्द्र गरेर विराट सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ।


मेगीटार इको टुरिज्म कमिटीको आयोजनामा ” नव वर्ष आरम्भ उत्सव” -को नाममा लगातार गत तीन वर्षदेखि मनाउँदै आएको तीन दिवसीय साङ्गीतिक कार्यक्रममा यसपटक नेपालबाट युवा गायिका रचना रिमालको विशेष प्रस्तुति रहने भएको छ। यसवाहेक सिक्किम, दार्जिलिङ, कालेबुङ लगायत स्थानीय नवोदित कलाकारहरुले कार्यक्रममा प्रस्तुति दिने भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *