नयाँ वर्षमा बङ्गाल सफारी घुम्न आउने मानिसहरूको घुइँचो

सिलगढी : सिलगढीको बेङ्गल सफारी पार्कमा आज नयाँ वर्षमा घुम्न आउने पर्यटकहरूको निक्कै भीड देखियो। उक्त पार्कमा साना-ठुला, वयस्क मानिसहरूले हर्षोल्लासको साथमा नयाँ वर्ष पालन गरेको देखियो। आज बिहानैदेखि यहाँ घुम्न आउने मानिसहरूको भीड रहेको थियो भने यहाँ जङ्गल सफारीको निम्ति सबै टिकटहरू अगावै बुकिङ भइसकेकोले गर्दा धेरैजना मानिसहरूले सफारीको आनन्द उठाउन नपाई फर्कन बाध्य भए।


यहाँ घुम्न आउने पर्यटकहरूले बताएअनुसार नयाँ वर्षमा आफ्ना परिवारको साथमा केही रमाइलो पल बिताउने उद्देश्य लिएर यहाँ घुम्न आएको हो। गत वर्ष कोरोना महामारीले गर्दा मानिसहरू घरभित्रै बस्न बाँध्य बनेकोले गर्दा घुमफिर गर्न नपाएको बताउँदै नयाँ वर्षको पहिलो दिन आज नयाँ जोश, नयाँ उत्साह, उमङ्ग लिएर बङ्गाल सफारी घुम्न आएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *