नयाँ वर्षमा खोलिनेछ सिलगढीको विकास घोष मेमोरियल स्विमिङ पुल

सिलगढी सिलगढीको विकास घोष मेमोरियल स्वीमिङ पुल नयाँ वर्षमा खोलिने भएको छ। उक्त स्विमिङ पुल कोरोना लगायत अन्य केही कारणले गर्दा बन्द रहेको थियो। अन्ततः सिलगढी नगरनिगमका मेयर गौतम देवले आज स्विमिङ पुलका प्रबन्धक स्वपन दास र जयन्त ब्यानर्जीलाई स्विमिङ पुलको चाबी सुम्पेका छन्। यस अवसरमा मेयर गौतम देवले भने, सिलगढीवासी तथा खेल प्रेमीहरूको मागमा विकास घोष मेमोरियल स्वीमिङ पुल आगामी एक जनवरीदेखि खोलिने भएको छ। अर्कोतिर, स्विमिङ पुलको जिम्मेवारी पुनः पाएपछि खुसी व्यक्त गर्दै जयन्त ब्यानर्जीले भने, स्वीमिङ पुलमा सिलगढी तथा यसको छेउछाउको क्षेत्रका मानिसहरू धेरै संख्यामा आउने गर्दछन्। आगामी एक जनवरीदेखि यो स्वीमिङ पुल पुन: सबैको लागि खोलिने भएको छ। यसको साथै  महिलाहरूको मागमा स्विमिङ पुलमाथि शेडको व्यवस्था गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *