नयाँ वर्षमा ‘मानुषेर काछे चलो’ कार्यक्रम शुरू गरिनेछ : मेयर गौतम देव

सिलगढी : सिलगढी नगरनिगममा वर्षको अन्तिम टक टु मेयरकार्यक्रमको आयोजना गरियो। यस कार्यक्रमको लागि सहरवासीहरूले मेयरको सराहना गरे। नयाँ वर्षमा साधारण मानिसहरूको लागि मानुषेर काछे चलो अर्थात् मानिसहरू समक्ष जाऊँ  नाम गरेको एउटा नयाँ कार्यक्रम गरिने भएको छ। यस कार्यक्रमको माध्यमद्वारा मेयर स्वयम् नगर अधिकारीहरूको साथमा यहाँको सबै वार्डहरूमा गएर जनसम्पर्कको माध्यमद्वारा साधारण मानिसहरूको समस्याहरू सुन्नको साथै यसको समाधान गर्नेछन्। यस सम्बन्धमा मेयरले भने, नयाँ वर्षमा सहरवासीहरूको समक्ष गएर तिनीहरूको विविध समस्या तथा अभियोगहरू सुन्नेछौँ। यसको साथै नयाँ वर्षमा अझ केही पदक्षेपहरू ग्रहण गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *