नयाँ वर्षमा सिलगढीको मन्दिरहरूमा पुजा अर्चना गर्ने भक्तजनहरूको भीड

सिलगढी : नयाँ वर्षको पहिलो दिन आज मानिसहरू मन्दिरमा गएर भगवानको दर्शन गर्नको साथै पुजा अर्चना गरेर नयाँ वर्ष 2023-लाई स्वागत जनाउँदै सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना पनि गरे। आज सिलगढीको विभिन्न मन्दिरहरूमा पुजा-अर्चना गर्न आउने भक्तजनहरूको निक्कै भीड देखियो। सिलगढीको आनन्दमयी कालीबारीमा पुजा अर्चना गर्न आउने मानिसहरूको लामो लाइन लागेको देखियो। तिनीहरूले भगवानको पुजा-अर्चना, आरती गरेर नयाँ वर्षको शुरूवात गर्दै आफू लगायत परिवारको सुख शान्तिको कामना पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *