नयाँ बजारको दोकानमा भएको चोरीको मामिलामा 2 जना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटनको खालपाड़ा आउटपोस्ट पुलिसले नयाँ बजार इलाकामा भएको चोरीको मामिलामा 2 जना बदमासलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा सिलगढीको 28 नम्बर वार्ड टिकियापाड़ा निवासी रवि साहनी (30) र प्रमोद साहनी (25) सामेल छन्। प्राप्त जानकारी अनुसार गत 13 तारिखको अबेर राति नयाँ बजार इलाकाको एउटा रासन दोकानमा चोरी भएपछि दोकान मालिकले खालपाड़ा आउटपोस्टमा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गत राति उक्त मामिलामा 2 जना बदमासलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *