नयाँ बजारको लुटपाट घटनामा 5 जना पक्राउ

सिलगढी : सिलगढी नयाँ बजारमा भएको लुटपाट घटनामा पक्रा परेका आरोपी भवतोष कुमार रायसित पुलिसले सोधखोज गरेपछि अन्य 4 जना आरोपीलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीहरू क्रमैले वार्ड नम्बर 5 को गंगानगर निवासी अमित कुमार केसरी (22), जलपाईमोड़को नतुनपाड़ा निवासी विवेक कुमार शाह (24), देवीडाङ्गा निवासी प्रखर कुमार (26) र वार्ड नम्बर 18 को राणा बस्ती निवासी सुरज साहनी (29) को रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत शुक्रबार दिउँसो केही दुष्कृतिहरूको एउटा टोली नयाँ बजारको दोकानमा एकजना व्यवसायीलाई आग्नेयास्त्र देखाएर लुटपाट गरेर भागिरहेको समय नयाँ बजारका युवकहरूले तीमध्ये एकजना दुष्कृतिलाई पक्राउ गरे। घटनाको खबर पाएर सिलगढी थाना पुलिस एवम् सिलगढी पुलिस कमिश्नरेटको स्पेसल अपरेसन ग्रुप घटनास्थलमा पुगेर छानबीन शुरू गर्यो। पक्रा परेका आरोपीसित पुलिसले सोधखोज गरेपछि हिजो अन्य 4 जना आरोपीलाई पक्राउ गरेको बताइएको छ। अर्कोतिर, आरोपीबाट पुलिसले उद्धार गरेको आग्नेयास्त्र नकली रहेको पुलिस सूत्रले जनाएको छ। पक्रा परेका आरोपीहरूलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *