नयाँ भनेको नयाँ अनुहार होइन, हामी हाम्रो कर्ममा विश्वास गर्छौं : सुरज धड़कन

दार्जिलिङ: साहित्य अकादमी पुरस्कारले पुरस्कृत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवा नेता सुरज धड़कनले दार्जिलिङको रेलिङमा सम्पन्न भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको जनसभामालाई सम्बोधन गर्दै भने, नयाँ शब्दको अर्थ हो नयाँ ऊर्जा, विचार, आशा अनि सपना। नयाँ भनेको नयाँ अनुहार होइन। हामी हाम्रो कर्ममा विश्वास गर्छौं। तिनले जन्मेर आएदेखि ठुलो ठुलो कुरा सुन्दै आएको तर कुराको समीकरण कहिले पुरा भएको पहाड़को राजनीतिमा देखिएन, काम गरेर आफ्नो उत्तरदायित्व पुरा गर्ने पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा हो भनी बताए। राजनीतिमा के के भएन बोल्ने थुप्रै बुँदाहरू छन् तर जनतालाई हारेको इतिहास चाहिएको छैन, जनतालाई चाहिएको छ सुनौलो बिहानी र यो सुनौलो बिहानी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले दिलाउनेछ भनी तिनले बताए। तिनले अझ भने, “मान्छे गालीले उच्च स्थानमा पुग्दैन तर विचारले पुग्छ, हामीलाई आफ्नो मूल्य आफैले बोकेर जानु छ, त्यसैले हामी गाली गर्दैनौं, अरूको गल्ती सुधार्न गरिएको आलोचनालाई हामी स्वीकार गर्दछौं।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *