नयाँ कमान जुनियर र नयाँ कमान युनाइटेड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

खरसाङ : खरसाङ महकुमाको तीनधारे महानदी समष्टीस्थित नयाँ कमानमा सम्पन्न भइरहेको स्व. चन्द्रकुमार प्रधान स्मृति फुटबल टुर्नामेन्टको फाइनलमा नयाँ कमान जुनियर र नयाँ कमान युनाइटेडले प्रवेश गरेको छ। आज भएको सेमी फाइनल खेलमा नयाँ जुनियरले सुकनालाई 2-0 गोलको अन्तरले पराजित गरेर फाइनलमा प्रवेश गरेको छ। यसैगरी, दोस्रो सेमी फाइनल खेलमा नयाँ कमान युनाइटेड-ले पीएनएससी सिलगढीलाई रोमाञ्चक पेनल्टी शुट आउटमा पराजित गरेर फाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको फाइनल खेल आगामी 29 नोभेम्बरको दिन खेलाइने आयोजक समितिका धिरेन प्रधानले दिएका जानकारी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *