नयाँ कृषि बीलको विरोधमा यशप्रीत कौर एक्लैले विरोध प्रदर्शन गरिन् सिलगढीमा

सिलगढी : केन्द्रको नयाँ कृषि बीलको विरोधमा हाल देशका विभिन्न ठाउँहरूमा विपक्षी राजनीतिक दलका सदस्यहरू सड़कमा ओर्लिएका छन्। यसै क्रममा यता सिलगढीमा पनि आज कृषि बीलको विरोध जनाउँदै एउटा महिलाले सिलगढी सहरमा प्ला कार्ड बोकेर विरोध प्रदर्शन गरिन्। सिलगढीको देवीडाङ्गा निवासी यशप्रीत कौर नाम गरेकी महिलाले आज सिलगढी सहरमा कुनै राजनीतिक दलको ब्यानरमा नभएर एक्लै उक्त कृषि बीलको विरोध जनाइन्। आफू  किसान परिवारसँग संलग्न रहेको हुनाले गर्दा नै कृषकहरूको हितमा नरहेको उक्त नयाँ कृषि बीलको विरोधमा आफू सडकमा ओर्लिएर विरोध प्रदर्शन गरेको तिनले बताइन्। अर्कोतिर, सहरमा नयाँ कृषि बीलको विरोध गरिने राजनैतिक दलका र्‍यालीहरू वर्षाको कारण रद्द गरियो। तथापि, यशप्रीत कौरले वर्षाको पर्वाह नगरी सिलगढीको सेभोक मोडमा स्टेन्ड फर फार्मर (STAND FOR FARMER) लेखिएको प्ला कार्ड हातमा बोकेर एक्लै सडकमा विरोध प्रदर्शनी गरिएको देखियो। कृषि बीलको विरुद्धमा कृषकहरूले देशभरिनै हाल धरना प्रदर्शन गरिरहेको कौरले जानकारी दिँदै जबसम्म कृषकहरूले यसको विरोध जारी तबसम्म आफूले पनि आन्दोलन जारी राख्ने तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *