नायक सुबेदार पेम्बा हिस्से शेर्पाको राजकीय सम्मानको साथमा अन्तिम संस्कार

बिजनबारी : लखनऊ गोर्खा सेना छाउनी नजिक हत्या गरिएको नायक सुबेदार पेम्बा शेर्पाको पार्थिव शरीर तिनको पैतृक स्थल दार्जिलिङ पुलबजार खण्ड अधीनस्थ रेलिङ थापा गाउँमा आज ल्याइपुर्‍याइयो। यसपछि शवलाई कर्णल टी लायन मूंग लेबोङ छाउनीको नेतृत्वमा आएका सेनाका जवानहरूले सलामी दिएर राजकीय सम्मानको साथमा तिनको बौद्ध धर्म परम्पराअनुसार आज अन्तिम संस्कार गरियो।


स्मरण रहोस्, गत केही दिनअघि लखनऊ छाउनी नजिकै तिनको निर्मम हत्या गरिएको थियो। नायक सुबेदार पेम्बा शेर्पाको असमायिक मृत्युको घटनाले स्थानीय गाउँवासी शोकमा डुबेका छन भने घरपरिवार लगायत गाउँवासीले उक्त घटनाको निष्पक्ष न्यायिक जाँच गरिनुपर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *