नयाँ पद्धतिद्वारा पर्यटन उद्योग शुरू गर्नको लागि इन्डस्ट्री तयार

सिलगढी : पर्यटन उद्योगलाई नयाँ पद्धतिद्वारा शुरू गर्ने उद्देश्य लिएर इन्डस्ट्री तयार गरिएको छ भने अब केवल सरकारी सहयोगको प्रतीक्षा रहेको छ। आज सिलगढीको बाघाजतीन पार्क अघि हिमालयन हस्पिट्यालिटी एन्ड टुरिज्म डेभलपमेन्ट नेटवर्कको तर्फबाट एउटा कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा संगठनको तर्फबाट सरकारले पर्यटन उद्योग प्रक्रिया शुरू गर्नुपर्ने माग गरियो। यदि उद्योग शुरू नगरिए आगामी दिनहरूमा उक्त उद्योगसित संलग्न मानिसहरूले निक्कै समस्याको सामना गर्नुपर्नेछ भनी संगठनका सदस्यहरूले बताए। आज राज्यभरिमै विभिन्न ठाउँहरूबाट उक्त कार्यक्रमको आयोजना गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *