नयाँ रूपमा बनाइएको भक्ति नगर थानाको कमिश्नर गौरव शर्माले गरे उद्घाटन

सिलगढी : सिलगढी मेट्रोपोलिटन अन्तर्गत पर्ने सबै जर्जर थाना, आउटपोस्ट एवम् ट्राफिक गार्डलाई नयाँ रूपमा तयार गरिरहेको छ। यसै क्रममा गत केही महीनादेखि भक्ति नगर थानालाई आईसी अमरेश सिंहको नेतृत्वमा नयाँ रूपमा दिएको छ। यसपछि मेट्रोपोलिटनका पुलिस कमिश्नर गौरव शर्माले आज नयाँ रूपमा तयार पारिएको भक्ति नगर थानाको विधिवत् रूपमा उद्घाटन गरे। उक्त थानामा नयाँ एउटा कन्फ्रेन्स कम इन्भेस्टिगेसन अफिसर रूम, सेल्युट बेञ्च, लेडिज चेन्जिङ रूम, जीम एवम् एउटा काली माताको मन्दिर बनाइएको छ। सिलगढी मेट्रोपोलिटन अन्तर्गत पर्ने थानाहरूमध्ये भक्ति नगर एउटा महत्वपूर्ण थाना रहेकोले गर्दा नै उक्त थानालाई नयाँ रूपमा विभिन्न सुविधायुक्त बनाइएको गौरव शर्माले बताए। यसको साथै उक्त थानामा साधारण मानिसहरूको लागि सुविधाहरूको व्यवस्था गरिएको तिनले बताए। आजको उद्घाटन कार्यक्रममा मेट्रोपोलिटनका पुलिस कमिश्नर गौरव शर्मा, डीसीपी जोय टुडू ,एसीपी शुवेन्द्र कुमार, राजेन छेत्री, रिजर्भ अफिसर अमन राजा, भक्ति नगर थाना आईसी अमरेश सिंह लगायत पुलिसका केही अन्य शीर्ष अधिकारी एवम् पुलिसका जवानहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *