नयाँ रूपमा तयार गरिएको मिलनपल्ली सुकान्त शिशु उद्यानको उद्घाटन

सिलगढी: नयाँ रूपमा तयार गरिएको मिलनपल्ली सुकान्त शिशु उद्यानको सिलगढी नगरनिगमका मेयर गौतम देवले विधिवत् रूपमा उद्घाटन गरे। एउटा सांस्कृतिक कार्यक्रमको माध्यमद्वारा हिजो मेयर गौतम देवले उक्त शिशु उद्यानको उद्घाटन गरे। उक्त शिशु उद्यानलाई लगभग 14 लाख रुपियाँको लागतमा नयाँ रूपमा तयार गरिएको छ भने उक्त शिशु उद्यान हिजोदेखि सर्व साधारणको लागि खोलिदिएको बताइएको छ। उद्घाटन कार्यक्रममा पूर्व काउन्सिलर लगायत वर्तमान काउन्सिलरहरूलाई सम्मान जनाइयो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.