नयाँ समीकरण मञ्चबारे अनित खेमा तीनधारे-महानदी समष्टिको सभा

खरसाङ : अनित थापाद्वारा नयाँ समीकरणको घोषणा आगामी 9 सेप्टेम्बरको दिन दार्जिलिङबाट गरिने भएको छ। गोजमुमो दुई तीनधारे-महानदी समष्टिद्वारा पनि तीनधारेमा भर्चुअल माध्यमद्वारा उक्त कार्यक्रम लाइभ प्रसारण गर्ने भएको छ। उक्त विषयलाई लिएर आज गोजमुमोको दुईको सभा सम्पन्न भयो। यस सभामा आगामी 9 सेप्टेम्बरमा गरिने घोषणालाई तीनधारे-महानदी समष्टिद्वारा पनि भर्चुअल माध्यमद्वारा बिहान 10 बजीदेखि लाइभ देखाउने जानकारी गराएको छ। यस विषयमा गोजमुमो तीनधारे-महानदी समष्टिका सदस्य रञ्जित थापाले विस्तृत रूपमा जानकारी गराए। आजको सभामा गोजमुमो खरसाङ महकुमा समितिका सांगठनिक सचिव राजीव थापा, महकुमाका उप सभापति प्रेम प्रधान, महकुमा सदस्य टंक शर्मा, डीटीडीपीएलयु-का केन्दीय सह सचिव राजेश थापा, तीनधारे महानदी समष्टिका कार्यकारी सभापति सीबी राई, समष्टिका सचिव सञ्जीव लामा, सांगठनिक सचिव सुदन लकान्द्री, नारी मोर्चाका समष्टि सचिव भगवती प्रधान, युवा मोर्चाका समष्टि सचिव सञ्जीव मगर, महकुमा सदस्य अनिल राई आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *