नयाँ समीकरणको कार्यक्रम रङ्गबुलस्थित अजम्बरी सार्वजनिक भवनमा सम्पन्न गरिने

सोनादा: रङ्गबुल धोतरिया रङ्गमुक समष्टिले आगामी 9 सितम्बरको दिन हुने नयाँ समिकरण-को घोषणा कार्यक्रमबारे आज साङ्गठनिक सभा रङ्गबुलस्थित सार्वजनिक भवनमा सम्पन्न गर्यो । केन्द्रिय समितिको निर्णयलाई शिरोपर गर्दै आफ्नै घरमा आफ्नै समष्टिमानारा दिएर अनित थापाको नेतृत्वमा आगामी 9 सितम्बर 2021-को दिन घोषणा गरिने नयाँ समीकरणको कार्यक्रम भव्य रुपमा रङ्गबुलस्थित अजम्बरी सार्वजनिक भवनमा सम्पन्न गरिने निर्णय लिइयो। रङ्गबुल धोतरिया रङ्गमुक समष्टिका समन्वयक राजेश चौहानको विशेष उपस्थितिमा सम्पन्न सभामा खरसाङ महकुमा उपाध्यक्ष प्रणेश राई, समष्टि अन्तर्गत 18 वटै बुथ स्तरीय समितिका प्रतिनिधिगण लगायत समष्टि अधिनस्थ सबै भातृ संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *