नयाँ तालिका जारी, अन्ततः न्यू कुचबिहार एनजेपी-गुवाहाटी बन्दे भारत एक्सप्रेस ट्रेनको स्टपेज

कुचबिहार : लामो संघर्ष पछि अन्ततः एनजेपीगुवाहाटी बन्दे भारत एक्सप्रेस ट्रेनको स्टपेज न्यू कुचबिहारमा गरिएको छ। रेलवेको तर्फबाट फेरि नयाँ तालिका सार्वजनिक गरेको छ। उक्त तालिकामा न्यू कुचबिहारको नाम स्टपेजको सूचीमा सामेल गरेको छ। उक्त स्टपेजको उपलब्धिको श्रेय र तृणमूल र भाजपाले एकाअर्कालाई दिइरहेको थियो। तृणमूलको दावा अनुसार तृणमूलको आन्दोलनले गर्दा नै न्यू कुचबिहार स्टेशनमा स्टपेज गरेको छ। यस सम्बन्धमा तृणमूलका प्रवक्ता पार्थप्रतिम रायले भने, आफूहरूले कुचबिहारका मानिसहरूको हितमा स्टपेजको लागि आन्दोलन गरेका थियौँ। यसैले न्यू कुचबिहार स्टेशनमा एनजेपीगुवाहाटी बन्दे भारत एक्सप्रेसको स्टपेज गरिएको छ। अर्कोतिर, कुचबिहारका भाजपा विधायक निखिल रञ्जन दे-ले भने, रेलवेद्वारा पूर्वमा घोषित गरेको स्टपेजमा न्यू कुचबिहार स्टेशनको नाम केही कारणवश छुटिएको थियो। त्यस समय केन्द्रीय गृह राज्य मन्त्री निशीथ प्रमाणिकले भनेका थिए कि न्यू कुचबिहार स्टेशनको नाम फाइनल सूचीमा रहनेछ। फाइनल सूचीमा न्यू कुचबिहार स्टेशनको नाम छ। बन्दे भारत एक्सप्रेस 29 मईदेखि एनजेपी-गुवाहाटी बीच शुरू गरिनेछ। पहिला उक्त ट्रेन 25  मईदेखि शुरू गरिने घोषणा गरेको थियो। तथापि, रेलवेको तर्फबाट जारी गरेको पहिलो सूचीमा न्यू कुचबिहार स्टेशनमा  ट्रेनको स्टपेज नरहेकोले गर्दा तृणमूलले आन्दोलन शुरू गरेको थियो। यसपछि केन्द्रीय गृह राज्य मन्त्री निशीथ प्रमाणिकले केही कारणवश न्यू कुचबिहारको नाम छुटेको थियो, तर फाइनल सूचीमा नाम सामेल गरिने बताएका थिए। यसपछि बन्दे भारत एक्सप्रेसको चलाचलको मिति 25 देखि पछि सारेर 29 मई गरिएको छ। आज रेलवेको तर्फबाट नयाँ सूची प्रकाशित गरेर स्टपेजको सूचीमा न्यू कुचबिहार स्टेशन सामेल गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *