नयाँ ट्राफिक नियम जारी, ट्राफिक नियम अनदेखा गर्नेहरू विरूद्ध दस गुणा बढ्यो जरिमाना

सिलगढी: राज्य सरकारले अब ट्राफिक नियमलाई अनदेखा गर्ने दुई चक्के तथा चार चक्के वाहनका चालकहरूलाई अधिक जरिमाना लगाउने निर्णय लिएको छ। सरकारले अधिक जरिमाना बढाएको सूची सार्वजनिक भएपछि मानिसहरूलाई यसले ठूलो झट्का लागेको छ। सरकारले मोटर भ्याकल एक्ट अन्तर्गत यातायत उल्लंघन गर्नेहरूलाई जरिमाना बढाउने निर्णय लिएको छ। केन्द्रले गत 2019मा जरिमाना बढाए तापनि पश्चिम बङ्गाल सरकारले साधरण मानिसहरूलाई यसले धेरै असुविधा पुग्ने दावी गरेर हालसम्म जरिमानाको मूल्य बढाएको थिएन। तर अब राज्य सरकारले ट्राफिक नियमहरूलाई उल्लङ्घन गर्नेहरू विरूद्ध अधिक जरिमाना लगाउने भएकोले सम्पूर्ण राज्यभरिमैं नयाँ ट्राफिक नियम लागू गरेको छ। यसैले आजदेखि सिलगढी सहरमा पनि ट्राफिक नियमको उल्लङ्घन गर्नेहरू विरूद्ध नयाँ नियम अन्तर्गत जरिमाना लगाइयो। नयाँ नियम अनुसार बिना हेलमेट बाइक चलाउनेहरूले अब 1000 रूपियाँ जरिमाना तिर्न पर्नेछ, जुन पहिला मात्र 100 रूपियाँ रहेको थियो। यसैगरी,लापार्वाहीसित वाहन हाँक्नेहरूलाई 5000 रूपियाँसम्मको जरिमाना लगाइने छ। यसवाहेक वाहनको फिटनेस सर्टिफिकेट नभए 10 हजार रूपियाँ, बिना पर्मिट 10 हजार, ड्राइभिङ लाइसेन्स नभए 5000 रूपियाँको जरिमाना लगाइने छ। प्राप्त जानकारी अनुसार सरकारको मोटर भ्याकल विभागले मोठ 26 वटा ट्राफिक नियमहरू उल्लङ्घन गर्नेहरू विरूद्ध जरिमाना बढाएको छ।


 

 


 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *