एनबीयू-को भूमि निजीकरण गर्ने विरुद्ध एबीभीपी-को हस्ताक्षर अभियान

सिलगढी : अखिल भारतीय विद्यार्थी परिषद (एबीभीपी)-ले उत्तर बंगाल विश्वविद्यालयको भूमिलाई निजीकरण गर्ने विरुद्ध आज हस्ताक्षर अभियान चलायो। सिलगढीको कचहरी रोडस्थित गाँधीको सालिगमुनि हातमा प्ला कार्ड बोकेर अखिल भारतीय विद्यार्थी परिषदका सदस्यहरूले उत्तर बंगाल विश्वविद्यालयको भूमिलाई निजीकरण गर्ने विषयको विरोध जनाउँदै हस्ताक्षर अभियान चलाए। यस अवसरमा एबीभीपीका राज्य सचिव शुभब्रत अधिकारीले भने, उत्तर बंगाल विश्वविद्यालयलाई बेच्ने षड्यन्त्र गरिरहेकोले यसको विरोधमा उत्तर बंगालको जनताबाट जनमत संग्रहको लागि हस्ताक्षर अभियान चलाइएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *