एनबीयु-को जमिन गैर सरकारी संस्थालाई हस्तान्तरण गरेको अभियोग लगाउँदै एबीभीपी-द्वारा विक्षोभ

सिलगढी : उत्तरबंग विश्वविद्यालयको जमिन गैर सरकारी संस्थालाई हस्तान्तरण गरेको अभियोग लगाउँदै एबीभीपी-ले आज विश्वविद्यालय परिसरमा विक्षोभ प्रदर्शन गर्यो। एबीभीपी-का सदस्यहरूले आज विश्वविद्यालयको 2 नम्बर गेट अघि धरना प्रदर्शन गरेपछि विश्वविद्यालयका उप-कुलपतिसित भेट गरे। विश्वविद्यालयको जमिन गैर सरकारी संस्थालाई हस्तान्तरण गर्ने विषय रद्द नगरे आगामी दिनमा वृहत् आन्दोलन गर्ने एबीभीपी-का नेतृत्वहरूले चेताउनी दिएका छन्। परिस्थिति नियन्त्रणमा ल्याउन मतिगढा थाना पुलिस घटनास्थलमा उपस्थित थिए। अर्कोतिर, जमिन हस्तान्तरण नगरिने विश्वविद्यालयका उप-कुलपतिले जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *