एनबीयु-को जमिन गैर सरकारी संस्थालाई बिक्री गर्ने षड्यन्त्रविरुद्ध उत्तरबंग विश्वविद्यालय बचाऊ मञ्चले उठायो आवाज

सिलगढी : उत्तरबंग विश्वविद्यालयको जमिन गैर सरकारी संस्थालाई बिक्री गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै उत्तरबंग विश्वविद्यालय बचाऊ मञ्चले आवाज उठाएको छ। उत्तरबंग विश्वविद्यालय बचाऊ मञ्चका प्रतिनिधिहरूले आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरे। पत्रकारहरूलाई सम्बोधन गर्दै संगठनका सभापति निखिलेश रायले भने, उत्तरबंग विश्वविद्यालयको कमिटी बैठक सम्पन्न भयो। उक्त बैठकमा उत्तरबंग विश्वविद्यालयको जमिनको एकांश गैर सरकारी संस्थालाई बिक्री गर्ने निर्णय लिइएको छ। तथापि, कुनै प्रकारले उत्तरबंग विश्वविद्यालयको जमिन गैर सरकारी संस्थालाई बिक्री गर्न दिइने छैन। यसलाई लिएर यदि कुनै निर्णय लिएको छ भने त्यो सार्वजनिक गरिनु उचित हो। आफूहरूले कुनै हालतमा पनि विश्वविद्यालयको जमिन बिक्री गर्न दिने छैनौँ। आगामी दिनमा वृहत् आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *