एनबीयु-को जमिन निजीकरण गर्ने विरुद्ध मशाल र्‍यालीको आयोजना

सिलगढी : उत्तरबंग विश्वविद्यालयको जमिन निजीकरण गर्ने विरुद्ध सेभ एनबीयु ल्यान्ड स्टुडेन्ट युनिटीले आज विश्वविद्यालयमा मशाल र्‍याली निकाल्यो। सेभ एनबीयु ल्यान्ड स्टुडेन्ट युनिटीका सदस्यहरूले आज हातमा मशाल बोकेर ल मोडदेखि एउटा र्‍याली निकालेर पुरा विश्वविद्यालयको परिक्रमा गरेपछि शिवमन्दिर बजार हुँदै नेताजीको सालिग नजिक पुगेर समापन गर्यो। विश्वविद्यालयको 15 एकड जमिन राज्य सरकारको अधीनमा पर्यटन विभागको माध्यमद्वारा होटल म्यानेजमेन्टलाई हस्तान्तरण गरिरहेको आरोप रहेको छ। विक्षोभकारीहरूले बताएअनुसार विश्वविद्यालयको जमिन गैर सरकारी संस्थालाई दिन पाउँदैन। यसो भएको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने संगठनको तर्फबाट चेताउनी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.